दार्चुला – २०४८ साल देखि नेकपा एमाले पार्टीमा आवद्ध रही ईलाका कमिटि अध्यक्ष रहनु भएका महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु थाप्लाका युवा तथा सफल उद्यामी नेता बिक्रम सिंह सामन्त लाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले नेपाली काँग्रेसमा स्वागत गर्नु भएको छ ।
एमाले भित्रको टुटफुट र गुटबन्दी देखि वाक्कदिक्क भएर कांग्रेसमा प्रवेश गर्नु भएका सफल उद्यमी सामन्तलाई कानुन मन्त्री बडूले काठमाण्डौँमा खादा लगाएर कांग्रेस पार्टीमा स्वागत गर्नु भएको मन्त्री बडूका प्रमुख स्वकिय सचिव केशर सिंह भण्डारीले जानकारी दिनुभयो ।
दत्तु थाप्लाका तरकारी उद्यमी एवं नेकपा एमालेमा २०४८ साल देखि आवद्ध रहेका सामन्तले एमाले परित्याग गरि नेपाली काँग्रेसमा आवद्ध हुनु भएको छ ।
कांग्रेस पार्टी गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो सुनिश्चित भविष्यको पर्यायवाची भएको एवं राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित पार्टी भएकाले काँग्रेसमा प्रवेश गरेको सामन्तले प्रतिक्रिया दिएको उहाले बताउनुभयो ।