काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसँग छलफल गरेका हुन् ।
उनले निर्देशन दिँदै भने, ‘आगामी मंसिरमा कति मल चाहिने हो, त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्नुस् ।’
मन्त्रालयको कुल बजेटको ५६ प्रतिशत रकम रासायनिक मल अनुुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीले आग्रह गरे ।
किसानलाई नाफा हुने खालका खेतीमात्रै गर्ने वातावरण सृजनाका लागि उपयुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुझाव दिँदै प्रधानमन्त्री ओली स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरे ।
माछापालन, दूध उत्पादन, सुन्तला, काजु, ल्वाङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन उनले निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले पशुुपक्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुदानको निरन्तरताभन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुझाव दिए।