Suvakamana

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न समिति गठन

Lekam

काठमाडौं- गृहमन्त्री रमेश लेखकले निर्देशनपछि नभक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

Division

भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्व ४ सदस्यीय छानबिन समिति बनेको हो । निरौला नेतृत्वको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल इन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकातर्फबाट तुलसी हरि कोइराला सदस्य रहेका छन् ।

दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । गृहमन्त्री लेखकले गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक ९आइजीपी० बसन्त कुँवरलाई निर्देशन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.