बझाङको बुङ्गलमा पहिरोमा परी एकै घरका ४ जना बेपत्ता

काठमाडौं– बझाङको बुङ्गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो खस्दा ४ जना बेपत्ता भएका छन् ।

तस्बिर : प्रताव ओली
तस्बिर प्रताव ओली

गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीकी श्रीमति, बुहारी र दुईवटा नातिनी बेपत्ता भएका हुन् । ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतबिच्छेद बनाएको र तत्काल गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्दार गरिएको छ । चार जना भने बेपत्ता भएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताए ।

उहाँका अनुसार अहिले घटना स्थलमा प्रहरी टोली घटिएको छ । उद्दारका लागि अहिले नजिकको प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ खटिएको हो । स्थानीयहरु रातभर लागे पनि उद्दारमा कठिनाइ भइरहेको छ । बझाङको नेर्कवक समेत अस्तव्यस्त बनेको छ ।

 

Leave A Reply

Your email address will not be published.