काठमाडौं– कैलालीबाट दुई लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा र धनगढी–४ बसपार्क नजिक, गोदावरी नगरपालिका–३ चुटकि बजार र मालाखेतीबाट अवैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरिएको छ।
बरामद गरेको अन्दाजी २ लाख ३० हजार २८९– मुल्य बराबरको प्याज, चिनी, सरप, जिरा, बिस्कुट, चक्लेट, नरिवल, कुर्ती, धोती, साडी, लेहंगा लगाएतका सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।