वायुसेनाको विमानमार्फत भारत लगियो २५ जनाको शव

काठमाडौं– शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस सडकबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जना भारतीयको शव भारतीय वायुसेनाको जहाजमार्फत लगिएको छ ।

शनिबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव भारत लगेको हो । चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइएको छ । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किएकी छिन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.