अफगानिस्तानमा आफ्नै आमाबुबाले बेचे पाँच सय अमेरिकी डलरमा सन्तान

दार्चुला – अफगानिस्तानमा मानव संकट चरम उत्कर्षमा पुगेकै बेला भोक मेट्नका लागि एक परिवारले आफना सन्तान पाँच सय अमेरिकी डलरमा बेचेको खुलासा भएको छ ।
तालीवानले सत्ता सम्हालेपछी खाद्य संकट र आर्थिक अभाव झेलिरहेका अफगानिस्तान ीहरु भोक मेट्नका धमाधम सन्तान बेचेको खबरले बिश्व जगतको नै ध्यानाकर्षण भएको छ ।
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा मानविय संकटले चरम सीमा नाघेको भन्दै धनी राष्ट्रहरुलाई आर्थिक सहयोग गर्न बारम्बार अपील गरिरंहँदा त्यहाँका सर्वसाधारणले भोक मेट्न र ऋण चुक्ता गर्नकै लागि शिशुहरु बेच्न बाध्य भएका हुन् ।
अफगानिस्तानमा बिगतदेखि सहयोग गर्दै आएको अन्तराष्ट्रिय कोषहरुले सहायता रोक्का गरेपछी मानव संकट चुलिएको हो । संयुक्त राष्ट्रसंघले अफगनिस्तानमा तत्काल आर्थिक सहायता नरहेको खण्डमा लाखौको ज्यान जाने चेतावनी समेत दिएको छ ।

Leave A Reply

Your email address will not be published.