दार्चुला – जनगणना २०७८ का लागी दार्चुलामा एक सय ८३ जना गणकको नाम सार्वजनिक गरेको छ । मेरो गणना, मेरो सहभागीता’ भन्ने नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना, २०७८ जिल्ला भरीका ९ स्थानिय तहका लागि नाम सार्वजनिक गरेको हो ।
जिल्ला जनगणना कार्यालय दार्चुलाका अनुसार जिल्लाको महाकाली नगरपालिकामा सबै भन्दा बढि ३८ जना गणकको नाम सार्वजनिक गरिएको छ भने सवै भन्दा कम अपि हिमाल गाउँपालिकामा ९ जनाको नाम सार्वजनिक गरिएको छ।
त्यस्तै शैल्यशिखर नगरपालिकामा ३१ जना लेकम गाउँपालिका ,मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिकामा समान २०÷२० जना व्यासँ गाउँपालिका र दुहुँ गाउँपालिकामा समान १३÷१३ जना, , को नाम सार्वजनिक भएको छ । यस्तै मार्मा गाउँपालिकामा १९ जना गरी जिल्ला भरी १ सय ८३ जनाको नाम सार्वजनिक गरिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका जिल्ला जनगणना अधिकारी पदम राज पाण्डेले जानकारी दिनुभयो ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको थियो । सफल भएका उमेदवारहरुले जिल्लाको व्यासँ, दुहु ,महाकाली तथा नौगाड गाउँपलिकाका उमेदवारहरुले यहि कार्तिक ११ र १२ गते जिल्ला जनगणना कार्यालयमा सम्पर्कगरी नियुक्तिm बुझन आग्रह गरेको छ ।
यस्तै अपि हिमाल गाउँपालिका मार्मा गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाका सफल भएका उमेदवारहरुले कार्तिक १२ गते स्थानीय जनगणना कार्यालय गोकुलेश्वरबाट नियुक्तिm बुझन भनिएको छ । मालिकार्जुन गाउँपालिका तथा लेकम गाउँपालिकाका सफल भएका उमेदवारहरुले कार्तिक १२ गते नै स्थानीय जनगणना कार्यालय शंकपुर पस्तीबाट नियुक्ति लिन आग्रह गरिएको छ । व्यासँगाउँपालिका दुहुँगाउँपालिका, महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका उमेदवारहरुले कार्तिक १३ गते देखि १६ गते सम्म हुने गणक तालिममा सहभागिता हुनुपर्ने जनाएको छ ।
अपि हिमाल गाउँपालिका मार्मा गाउँपालिका शैल्यशिखर नगरपालिकाका उमेदवारहरुले गोकुलेश्वर तथा मालिकार्जुन लेकम गाउँपालिकाका उमेदवारहरुले शंकरपुरपस्तीमा हुने गणक तालिममा सहभागिता हुनुपर्ने जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ । छनोट भएका उमेदवारहरुले दार्चुला जिल्लाका प्रत्येक घरधुरीहरुमा गई आवश्यक प्रश्नावली भर्ने बताइएको छ । राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना निक्कै तयारीका साथ बढेको छ ।