धनगढीका राना कटुवा पेस्तोलसहित अत्तरियामा पक्राउ

काठमाडौं– कैलालीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ गेटा बिस्कुट फ्याक्ट्री नजिकबाट धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २१ वर्षीय बिरेन्द्र राना पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले रानालाई हिडिरहेको अवस्थामा संका लागि चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल थान–१ फेला पारि आइतबार पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.