सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव बोगटी र सांसद महराको बाझाबाझ

खाेप
HEALTH

काठमाडौं– सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटी र नेपाली कांग्रेस सांसद रक्षा महराबीच छलफलमै बाझाबाझ भएको छ ।

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आफूहरूको माग सम्बोधन नभएको भन्दै बुधबार जानकारी गराउन प्रदेशका ९ वटै जिल्लाबाट आएका कर्मचारीहरूकै अगाडि दुबैबीच नोकझोक भएको हो । सांसद महराले आफूहरूले राम्रो कानून बनाउन खोज्दा पनि कर्मचारीहरूले विभिन्न विषय देखाएर अल्झाउने गरेको गुनासो गरेकी थिइन् ।

आत्महत्या

उनले कर्मचारीहरूले संघीय कानूनसँग बाझिनेगरी हुन्छ भन्दै आफूहरूलाई उपयुक्त कानून निर्माण गर्न नदिने गरेको बताइन् । उनले करार कर्मचारीलाई पनि स्थायीसरह सुविधा दिनेगरी कानून बनाउनुपर्ने बताउँदै गर्दा सांसद महरासँगै रहेका सचिव बोगटीले ‘पढेर आउनु पर्‍यो नि’ भनेपछि बाझाबाझ सुरु भएको हो ।

‘तपाईंको र मेरो क्वालिफिकेसनलाई अगाडि टेबलमा राखौं, के सोच्नुभएको छ । के हामीले पढेको हुँदैनौं’, सांसद महराले आक्रोशित हुँदै भनिन्, ‘तपाईंले बोल्ने कुरै होइन ।’

सचिव बोगटीले त्यसपछि शालीन प्रतिवाद गरेका थिए । सांसद महराले सचिवतर्फ चोर औंला ठड्याउँदै निकाल्न सक्ने अधिकार भएको चेतावनी दिइन् ।

उनले भनिन्, ‘मैले तपाईंलाई औंलामात्रै ठड्याउने होइन, निकाल्ने अधिकार पनि छ ।’

Susite

‘निकाल्नुहोस् न त’, सचिव प्रतिवाद गर्छन् ।

‘वाहियात कुरा गर्ने तपाईं जानुहोस्’, महरा तात्छिन् ।

यसैबीच माहोल शान्त पार्न अन्य सहभागीहरूले भने, ‘हामी स्थानीय तहका सबै कर्मचारीलाई एकै ठाउँमा राख्नुहोस्, हामी कुरा गर्छौं ।’

‘हो यही यही कर्मचारी‘ । यस्तै कर्मचारीहरूले’, महरा थप भन्छिन् ।

उता सचिव ‘कानूनमा भएअनुसारको हो’ भन्दै बोलिरहन्छन् ।

‘सांसदले कानून लेख्ने हो कि उहाँहरूले लेख्ने हो रु यो हुँदैन, त्यो हुँदैन भन्ने, किन हुँदैन रु’, महराले प्रश्न गरिन्, ‘हामीले आवाज उठाएका छौं, तपाईंहरूलाई न्याय दिने कुरामा हामी प्रतिबद्ध छौं ।’

सहभागीहरूले ताली ठोक्छन् । आफूहरूको माग सम्बोधन होला भनेर प्रदेशका विभिन्न जिल्लाहरूबाट आएका कर्मचारीहरू सांसद र सचिवको वादविवाद देखेर रमाइलो पनि मानिरहेका थिए ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.