मंसिरबाट घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा ३० रुपैयाँ मात्रै तिर्नुपर्ने

दार्चुला – विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आउँदो मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ ।
विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,: गार्हस्थ्य स्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ्य वर्गको महसुलमा औसतमा २।८४ प्रतिशतले घटाइएको छ ।ु विस्तृत अध्ययन, छलफल, विश्लेषण, सार्वजनिक सुनुवाइ, सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रियाका आधारमा महसुल निर्धारण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिउनुभयो । देशमा अहिले विद्युत् ग्राहक सङ्ख्या ४९ लाख ८९ हजार ४९४ रहेकामा २० युनिटभन्दा कम खपत गर्ने न्यून आय भएका ग्राहकहरुको सङ्ख्या १९ लाख ८६ हजार ५ सय ७ छ ।
आयोगका अनुसार सिङ्गल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने पाँच एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः एक सय, एक सय २५ र एक सय ५० रुपैयाँ कायम गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.