पार्टीका दर्जनौं कमजोरी औँल्याउँदै रविको स्वीकारोक्ति–अझै रास्वपा डीएनए स्थापित भएको छैन

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका दर्जनौं कमजोरी औंल्याएका छन्। बुधबार पार्टीको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले पार्टी स्थापनाका दुई वर्ष यताका केही कमजोरी औल्याएका हुन।

ती कमजोरी किटान गर्दै लामिछानेले भनेका छन्, ‘परिभाषित कार्यक्षेत्र र जिम्मेवारीको अभाव, कमजोर समानुपातिक समावेशी प्रतिनिधित्व, केन्द्र नियणन्त्रित सांगठानिक संरचना, तर्दथवादको संस्थागत सुरुवात, लोकप्रियतावादप्रतिको रुचि, हामी लक्षित तथाकथित प्रकरण र ती प्रकरणप्रतिको निम्छरो प्रतिवाद, कमजोर आन्तरिक सूचना प्रणाली एवं नेता सदस्यबीचको दोहोरो अन्तरसंवाद अभाव पनि हाम्रा कमजोरी हुन।’

विभिन्न पृष्ठभूमिबाट आएकाहरुको पार्टी बनेको भए पनि आफ्नो पुरानो विचार छोड्न नसकेको भन्दै लामिछानेले अझैं रास्वपाको डीएनएु स्थापित नभएको बताए। ‘हामीले आफूलाई फरक छौं त भन्यौं तर विभिन्न धारबाट एकीकृत हुनेले पुरानै विचार र दृष्टिकोणको धङधङी कायम राख्दा र कतिपयको गैरराजनीतिक पृष्ठभूमि हुँदा हामीले अझैं रास्वपा डीएनए स्थापित गर्न बाँकी छ,’ उनले भनेका छन्।

उनले अघिल्लो चुनावका उम्मेदवारहरुको क्षमताको सदुपयोग गर्न नसकेको समेत सुनाए। ‘२०७९ को चुनावमा पार्टीका एक इशारामा तन, मन र धन लगाएर चुनावमा होमिएका १ सय ३१ प्रत्यक्ष र ११० समानुपातिक उम्मेदवारहरूको क्षमता सदुपयोग गर्न नसक्नु हाम्रो ठूलो कमजोरी भयो,’ लामिछानेले भने।

Leave A Reply

Your email address will not be published.