झ्याप्लेखोला पहिरोभित्र ३ ठूला बसपछि भेटियो माइक्रोबस, सातवटा शव निकालियो

काठमाडौं–धादिङको धुनिबेसी नगरपालिका-९, झयाप्लेखोलामा गएको पहिरोमा तीनवटा ठूला बस निकाल्ने क्रममा अर्को एउटा माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ।

पहिरोको लेदो माटोले पुरिएको बस निकाल्ने क्रममा माइक्रोबस पनि पुरिएको अवस्थामा फेला परेको धुनिबेँसी नगरपालिका ९ नम्बर वडाका वडासदस्य विक्रम रानाले जानकारी दिए।

रानाका अनुसार घटनास्थलबाट हालसम्म ७ जनाको शव निकालिएको छ।

घटनास्थलमा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मीलगायतको टोलीले शव निकालिरहेको वडासदस्य रानाले बताए।

ती शव गोरखाबाट काठमाडौँतर्फ गइरहेको बस र चितवनबाट काठमाडौँका लागि छुटेको माइक्रोमा सबार यात्रुको हुनसक्ने आशंका गरिएको छ।

तर हालसम्म दुवै सवारीसाधनको नम्बर भने पत्ता लागिसकेको छैन। बस र माइक्रोका थोरै भाग मात्र देखिएको प्रहरीले जानकारी दिएको छ। द

Leave A Reply

Your email address will not be published.