दार्चुलामा चरेशसहित एक जना पक्राउ

दार्चुला – दार्चुलाबाट चरेश सहित एक जना पक्राउ परेका छन । आइतबार महाकाली नगरपालिका – ४ राधाकृष्ण चोकबाट लागू औषध चरेस सहित एक जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार राधाकृष्ण चोकमा दुँहु गाउँपालिका – २ हिकिलाका ४४ वर्षीय कलम सिंह डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलबाट चरेसको कारोवार भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो । खानतलासीका क्रममा डडालको पाइन्टको खल्तिबाट लागु औषध चरेस जस्तो देखिने कालो पदार्थ ५३.४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

आइतबार नै डडालको विधानगर टोल स्थित घर कोठामा खानतलासी गर्दा थप १०.४६ मिलिग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.