जैविक विविधताको खानी :अपि नाम्पा संरक्षण क्षेत्र

दार्चुला– सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने अपि नाम्पा संरक्षण क्षेत्रको पुर्वमा बझाङ, पश्चिममा महाकाली नदि, उत्तरमा मित्र राष्ट्र चिनको स्वशाती क्षेत्र तिब्बत र दक्षिणमा लास्कु खोला र नौगाड खोला रहेका छन् । नेपाल सरकारले २०६७ असार २८ गते राजपत्रमा सुचना प्रकाशित गरि यश संरक्षण क्षेत्रको स्थापना गरेको हो ।

वातावरण सुधारमा उल्लेखनीय योगदान पु¥याउने प्राकृतिक स्रोत र जडिबुटी संरक्षण तथा उपयोग गर्ने र पर्यटन विकासको दृष्टिकोणले पछि परेको दार्चुलाको उत्तरी क्षेत्रको समग्र रुपमा विकास गर्ने उदेश्यले यस संरक्षण क्षेत्रको स्थापना गरिएको हो ।

२०६६ मंसिर १६ गते जलवायु परिवर्तनको सम्बन्धमा विश्व समुदायको ध्यानाकर्षण गर्न सगरमाथा राष्ट्रिय निकुञ्जको काला पत्थरमा मन्त्री परिषदको बैठक बसेको थियो । सोही बैठकले यो संरक्षण क्षेत्रको घोषणा गरेको हो ।

अपि नाम्पा संरक्षण क्षेत्र जैविक विविधताको दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । यस क्षेत्रमा अपि हिमाल ७१३२ मिटर, नाम्पा हिमाल ६७५७ मिटर, व्यास हिमाल ६,६७० मिटर लगायत धेरै उच्च हिम शिखरहरु रहेका छन् । यस संरक्षण क्षेत्रको उचाइ समुद्र सतहबाट ५ सय ३९ देखि ७ हजार १ सय ३२ मिटरसम्म छ ।

भारतीय महादेश भारतीय प्लाईटको उत्तरी किनारा तिब्बत महादेश चिनियाँ प्लाईटसँग ठोकिने क्रम अझै पनि जारी भएकाले यहाँका भु–भागहरु भिराला र गतिशिल छन । यहाँ सिस्ट, चुनढुङ्गा र सेडिमेन्ट जस्ता चट्टाहरु हुनाले वर्षातको समयमा पहिरो जाने प्रकृतिको भु–बनोट रहेको छ ।

यश क्षेत्रमा ग्रेनाइट, पेगमेटाइट, फाइलाइट र क्वारजाइट चट्टानहरु पनि पाइन्छन । यश क्षेत्रमा हिउँ चितुवा, कस्तुरी मृग, चितुवा, ध्वासे, रतुवा, घोरल, बादर, झारल, नाउर हिमाली कालो भालु, लङ्गुर, स्याल, दुम्सी, ब्वासो, थार, लगायत वन्यजन्तु पाइन्छ ।

यस्तै यहाँ डाफे, भ्याकुर, हलसे, च्याखरु, चील, चिर लगायत २ सय भन्दा बढी प्रजातिका चराहरु पाइन्छन भने साल, खयर, गोब्रे सल्ला, सिसौ, बाझ, उत्तिस, गुराँस कोलिनियल लगायत विभिन्न किसिमका बोट विरुवाले यो संरक्षण क्षेत्र झनै सुन्दर र रमणीय छ ।

लेखक: राजेन्द्र पन्त,दार्चुला

Leave A Reply

Your email address will not be published.