दार्चुला – दार्चुलाको गुञ्जीमा भारतले भगवान शिव महोत्सवको आयोजना गरेको छ। भारतद्वारा अतिक्रमित गुञ्जीमा भारतको जिल्ला प्रशासन पिथौरागढले आजदेखि तीन दिनसम्म शिव महोत्सवको आयोजना गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
गुञ्जीमा भारतले प्रहरी, सशस्त्र सीमाबल तथा आर्मी तैनाथ गरेको छ। भने गुञ्जीलाई भारतले कालापानी, लिपुलेक क्षेत्रको सुरक्षा केन्द्रका रुपमा विस्तार गरेको छ ।
आज बाट लाग्ने मेला तीन दिनसम्म आयोजना गरिएको शिव महोत्वसमा विभिन्न धार्मिक, साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु गरिने तालिकारहेको छ। जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर सिह कार्कीले नेपाल भारतको धार्मिकरसामाजिक परिवेश एउटै भएकाले महोत्सवको त्यति ठुलो अर्थ नभएपनि सरकारले अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नेपाली भएको महशुस गराउन विषेश कार्यक्रम ल्याउनुपर्ने बताए।
पछिल्लो समय नेपाल सरकारले नयाँ नक्सा जारि गर्दै गुञ्जी, कुटी र नाविगाउँ लगायत लिम्पियाधुरा क्षेत्र समाबेश गरि नयाँ नक्सा सार्वजनिक गरेपनि प्रशासनिक अधिकार भने कायम गर्न सकेको छैन।