छोराको जन्मदिनको अवसरमा साउँद दम्पतिद्धारा विद्यार्थीलाई ट्रयाकसुट वितरण 

काठमाडौं– अमेरिकाको भर्जिनिया राज्यको रेष्टन टाउनका गजेन्द्र साउँदले छोरा सविनको पहिलो जन्मदिनको अवसरमा आफ्नो जन्मथलो दार्चुलाको लेकम गाउँपालिका– १ सर्मोलीस्थित प्राथमिक विद्यालयमा सहयोग गरेका छन् ।

उनले लेकमस्थित केदारनाथ आधारभूत प्राथमिक विद्यालयमा अध्ययनतरत ६० विद्यार्थी, पाँच शिक्षक र एक जना परिचर सहित ६६ जनालाई ट्«याकसुट सहयोग गरेका हुन् । साउँदले केक काटेर छोराको जन्मदिनमा पाटी दिएर खर्च गर्नुभन्दा आफ्नो जन्मथलोका विद्यार्थीहरुलाई न्यानो लुगा सहयोग गर्नु उचित लागेर विद्यालयका सम्पूर्ण शिक्षकसंगै विद्यार्थीहरुलाई ट्«याकसुट र चकलेट प्रदान गरेको बताए ।

उनका बुवा केशव सिंह साउँद, आमा धना साउँद र दाई करन साउँदले आईतवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थी र शिक्षकलाई सहयोग सामग्री हस्तान्तरण गरेको उहाँ बताए ।

Leave A Reply

Your email address will not be published.