दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी,एक जना पक्राउ

दार्चुला–दार्चुलाको साङ्ग्रिला बैँक चोरी भएको छ। जिल्लाको महाकाली नगरपालिका–४ खलङ्गामा रहेको साङ्ग्रिला डेभल्पमेन्ट बैँकको शाखामा बुधवार चोरी भएको हो। बैँकबाट ८४ हजार पाँच सय रुपैयाँ, सिसी टिभी क्यामेरा, खुकुरी लगायतका सामान चोरी भएका हुन।

प्रहरीले बैँकमा चोरी गरेको आरोपमा तल्लासैनका २३ वर्षीय तुसार लुहारलाई पक्राउ गरेको छ। प्रहरीले उनीबाट नगद, खुकुरी, काटुन, चोरी गर्दा प्रयोग गरेका कपडा लगायतका सामानसमेत बरामद गरेको छ।

Leave A Reply

Your email address will not be published.