काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध मुद्दा दायर भएको जानकारी सहितको पत्र संघीय संसद सचिवालयलाई पठाउने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले संसद् सचिवालयलाई जानकारी सहित पत्र पठाउन लागिएको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
कुनै पनि सांसद विरुद्ध भएको कामकारबाहीका सम्बन्धमा सम्बन्धित निकायले संसद् सचिवालयलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ ।
‘मुद्दा दायर गर्ने सरकारी वकिलको कार्यालयले संसद् सचिवालयलाई पत्र पठाउँछ । संसद् महासचिवले सभामुखसमक्ष पेश गर्नुहुन्छ । सभामुखले नियमावली उल्लेख गरेर संसद् चलेको भए संसद्मा र सदन नचलेको भए सूचनापाटीमा सूचना टाँसेर जानकारी गराइन्छ’, संसद् सचिवालयका पूर्व महासचिव राजेन्द्र फुँयालले भने ।