दार्चुला– दार्चुलामा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् । बिहीबार राति मालिकार्जुन गाउँपालिका–४ देवधुरास्थित ४० वर्षका भुवन सिंह धामीको अमन किराना तथा नास्ता पसलबाट ९ जना पक्राउ परेका हुन् ।
जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक धामीसहित ९ जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट नगद १ लाख १३ हजार ७७५ र २ गड्डी तास बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।