म्यानमारकी सुकीका सहयोगी यू विन एचटिनलाई २० वर्ष जेल सजाय हुने

दार्चुला –  म्यानमारकी नेतृ आङ सान सुकीका निकट सहयोगी यू विन एचटिन लाई २० वर्षको जेल सजाय सुनाइएको छ ।

सुकीका सहयोगी यू विन लाई विशेष अदालतले धारा १ सय २४ कु अन्तर्गत २० वर्षको कैद सजाय सुनाएको हो । ८० वर्षीय यू विन लामो समयदेखि राजनीतिक कैदी थिए ।
यू विन लामो समयसम्म पनि सैन्य शासनविरुद्ध प्रचार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि जेलमा रहँदै आएका थिए ।

पक्राउ हुनुभन्दा केही दिन अगाडि उहाँले स्थानीय सञ्चार माध्यमलाई सैन्य शासन ‘विवेकी निर्णय नभएको’ र यसले देशलाई गलत दिशामा लगेको बताएका थिए । गएको फेब्रुअरीमा नेतृ आङ सान सुकी लगायतका नेताहरूलाई पक्राउ गरेर म्यानमारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

म्यानमारमा एक हजारभन्दा बढी मानिसहरू सुरक्षा फौजद्वारा मारिएका छन् । एक स्थानीय मानव अधिकार अनुगमनकारी समूहका अनुसार यो अवधिमा राष्ट्रव्यापीरूपमा ठूला विरोध प्रदर्शनहरू भएका छन् । म्यानमारमा सैन्य शासन सुरु भएदेखि नै राजनीतिक अस्तव्यस्तता देखिएको छ ।

Leave A Reply

Your email address will not be published.