पुर्चाैडीको छात्रा भलिबलमा निमुन मा वि खिमापुरको रेकर्ड कायमै उपविजेता नमुना मा वि हाट

दार्चुला–पुर्चाैडीको पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको छात्रा भलिबल तर्फ निमुन मा वि खिमापुरले पहिलो स्थान लिएको छ ।

विगतका प्रतियोगिता हरुमा छात्रा भलिबलतर्फको उपाधि उचाल्दै आएको खिमापुर यसपाली पनि फाइनलमा डिलेश्वरि नमुना मा वि हाटलाई हराउदै रेकर्ड कायमै राख्न सफल भएको निमुन मा वि का खेल शिक्षक करन प्रशाद भट्टले बताए ।

त्यस्तै छात्रा भलिबलमा द्वितीय स्थान डिलेश्वरि नमुना मा वि हाट र तृतीय स्थानमा मालिका मा वि भटना र भुमिराज मा वि कुवाकोट सफल भएको र छात्र भलिबल लगायतका विभिन्न विधाका खेलहरुको फाइनल भोली हुने शिक्षा तथा खेलकुद साखा हाट ले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.