दार्चुला– नेकपा एमाले शैल्यशिखर नगरपालीकाको वडा नम्बर ८ मा वडा अधिवेसन सम्मन भएको छ ।
अधिवेसन बाट पुष्प राज जोशी अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमीटी गठन गरिएको छ । उपाध्यक्षमा उमापति पन्त, सचिवमा दुर्गा दत्त जोशी र उपसचिवमा पशुपति बिष्ट र लीला महर चयन गरिएको नेकपा एमाले शैल्यशिखर नगरपालीका वडा नम्बर ८ का निबर्तमान वडा कमीटी अध्यक्ष केसब दत्त जोशीले जानकारी दिनु भयो ।
यस्तै शैल्यशिखर नगरपालीका वडा नम्बर २ मा पनि वडा कमीटी अधिवेसन सम्पन भएको छ ।
अधिवेसनबाट अम्बा दत्त भट्ट अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमीटी गठन गरिएको छ । उपाध्यक्षमा प्रजापती ओड सचिव उपेश पाल र सहसचिवमा मानमती भट्ट र बल देब भट्ट नेतृत्वमा वडा अधिवेसन सम्पन भएको नेकपा एमाले जिल्ला सचिवालय कमिटी सदस्य गंगा दत्त जोशीले जानकारी दिनु भयो ।
शैल्यशिखर नगरपालीका भित्रका ६ ओटा वडाहरुमा कार्तिक ६ गते वडा अधिवेसन सम्पन भईसकेको र बाकी रहेका तीन वडा २ ,५ र ८ मा शनिबार अधिवेसन सम्पन भईरहेको नेकपा एमाले जिल्ला सचिवालय कमिटी सदस्य गंगा दत्त जोशीले बताउनु भयो ।
शैल्यशिखर नगरपालीकाको नगर अधिवेसन यही कार्तिक १७ गते हुने कार्यतालीका रहेको छ ।