दार्चुलाको महाकाली नगरपालिका सहित र तिन गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका सहित र तिन गाउँपालिकामा नेकपा एमालेले अधिवेशन सम्पन्न गरेको छ।अहिले सम्म चार वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै वडा,गाउँ तथा नगर अधिबेशन सम्पन्न गरेको हो । जिल्लाको महाकाली नगरपालिकाले ९ वटै वडा र नगरमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ ।

दुहुँ गाउँपालिकाका पाच वटै वडा तथा गाउँ पालिका अबिधेशन सम्पन्न गरेको नेकपा एमाले दार्चुलाका प्रचार प्रसार विभग प्रमुख खडक बडालले जानकारी दिनुभयो। । यस्तै जिल्लाको व्यासँ गाउँपालिकामा पनि नेकपा एमालेले वडा हुदैँ पालिका अधिवेशन सम्पन्न गरेको बताइएको छ ।
शनिबार जिल्लाको नौगाड गाउँपलिामा पनि वडा हुदैँ पालिका अधिवेशन सम्पन्न गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । पार्टीले जिल्लाका ६१ वडाहरु मध्ये शनिबार सम्म ६० वडाहरुमा अधिवेशन सम्पन्न गरीसकेको छ। कार्तिक ९ गते बाट सुरु भएको पालिका तथा नगर अधिवेशनमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज एबं सासंद गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा अबिधेशन भइरहेका छन ।

बाकी रहेका स्थानिय तहहरुमा भोलीबाट एमालेको १९ गतेसम्म अधिवेशन सम्पन्न हुने कार्यतालीका रहेको छ । त्यस्तै पालिका अधिवेशसन सम्पन्न गर्न १४ गते भोली मार्मा गाउँपालिकामा अधिवेसन गर्न लालबहादुर बिक, देबसिह महर, अकबर ठगुन्ना, प्रेमसिह धामी र धर्मानन्द मन्याललाई उत्प्रेरक तोकिएको छ ।

अपिहिमाल गाउँपालिकामा १५ गते अधिवेसन गर्ने गरी रामदत्त जोशी, १७ गते शैल्यशिखर नगरपालिकामा नगरअधिवेसन सम्पन्न गर्न मोहनसिह धामी, १८ गते लेकम गाउँपालिकामा अधिवेसन गर्न गेल्बु बोहरा र १९ गते मालिकार्जुनमा अधिवेसन सम्पन्न गर्न हरदेब जोशीलाई उत्प्रेरक तोकिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख बडालले जानकारी दिनुभयो ।

र बाकी रहेको जिल्लाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ५ डाडाकोटमा पनि भोली आइतबार वडा अबिधेशन हुने बताइएको छ ।एमाले विधान अनुसार गाउँपालिका र नगरपालिका बढीमा ७५ सदस्यीय कमिटी गठन गरिने व्यवस्था रहेको छ ।

Leave A Reply

Your email address will not be published.