उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

दार्चुला – आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

चिसो बढ्दै गएकाले यी ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । कुनै ठूलो प्रणाली नभित्रिएकाले ठूलो पानी पर्ने वा हिमपात हुने सम्भावना भने छैन ।

बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.