दार्चुला – कार्तिक ७ गते भएको नेकपा एमाले ब्यास गाउँपालिका वडा नम्बर ६ को वडा अधिवेशन बाट वडा कमिटी सचीव हुनुभएका बिष्णु दत्त बडुले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।
नेकपा एमालेले विकासमा कुनै चासो नदेखाएको, दुई तिहाई सरकारको दम्भमा केहि कार्यकर्ताहरु लाई योजनाको अध्यक्ष बनाउने उदेश्यले मात्रै गाउँमा बजेट दिएको वडा कमिटी सचीव बिष्णु दत्त बडुले बताउनु भयो ।
गाउँको सर्वाङगिण बिकासमा काङ्ग्रेस नै अग्रसर रहेको, गरिब, बिपन्न जनताको सहारा काङ्ग्रेस नै भएको भन्दै नेकपा एमाले त्यागेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेको काङ्ग्रेस वडा सभापति जयादत्त भट्टले जानकारी दिनु भयो ।
वडा कमिटी सचीव बिष्णु दत्त बडुलाई नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य एवं ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी, वडा सभापति जयादत्त भट्ट, वडा अध्यक्ष मनोज कुवर लगायत अन्य नेपाली काङ्ग्रेसका नेताहरूले टिका र खादा सहित नेपाली काङ्ग्रेसमा स्वागत गरेको नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य एवं ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले जानकारी दिनु भयो ।