माधव नेपालले भने– तीनकुने घटनाको ‘सुप्रिम कमान्डर’ पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीनकुने घटनाको ‘सुप्रिम कमान्डर’ पूर्वराजा ज्ञानेन्द्र शाह भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भने, दुर्गा प्रसाईंलाई एकदिनको कमान्डर बनाएर आफू सुप्रिम कमान्डर बन्ने ज्ञानेन्द्र शाहले सबै घटनाको जिम्मेवारी लिनुर्छ ।

उनले काठमाडौं महानगरले गरेको जरिवाना ज्ञानेन्द्र शाहले तिर्नुपर्ने उल्लेख गरे । पूर्वराजालाई सात लाख ९३ हजारको जरिवाना पत्र काटेर बालेन शाहले हिम्मत देखाएको बताए । आफ्नो पार्टी कार्यालयमा आगजनी गरेर राजावादीले उदण्डता प्रदर्शन गरे पनि समयमा नै प्रहरी पुर्‍याउन नसक्नु सरकारको कमजोरी रहेको उनको भनाइ छ ।

शुक्रबारको घटनामा संलग्न सबैलाई कारबाही गर्न सरकारले आँट र हिम्मत देखाउनुपर्ने उनले बताए । उक्त घटनाले राजावादीको चरित्र नांगो रूपमा प्रस्तुत भएको जिकिर गरे ।

Leave A Reply

Your email address will not be published.