दार्चुला – अक्सफोर्ड अङ्ग्रेजी शब्दकोश ओईडी का सङ्कलकहरूले भ्याक्स लाई वर्ष शब्दको रूपमा छनोट गरेको छ ।
कोभिडका कारण सन् २०२१ मा खोपसँग सम्बन्धित शब्दको प्रयोग बढेको जसमा डबल–भ्याक्स्ड, अन–भ्याक्स्ड र एन्टी–भ्याक्सर जस्ता शब्दहरूको प्रयोग पनि बढ्दा भ्याक्स लाई वर्ष शब्दका रूपमा छानिएको ओईडीले जनाएको छ ।
आईडीकी वरिष्ठ सम्पादक फियोना म्याकपर्सनले भ्याक्स शब्दले सबैभन्दा प्रभाव पारेको हुनाले यो नै वर्ष शब्दका लागि स्पष्ट विकल्प भएको बताउनुभयो ।
‘यो शब्दको प्रयोग सन् १९८० ताका व्यापक प्रयोग भएको भए पनि गएको वर्षको अघिसम्म यसको प्रयोग त्यति व्यापक भएको थिएन’, उहाँले भन्नुभयो ।
महामारीका क्रममा यो शब्दको प्रयोग ५७ हजार प्रतिशतले बढेको छ ।
सन् २०२० मा कोलिन्सले लकडाउनु लाई वर्ष शब्दको रूपमा छनोट गरेको थियो भने अक्सफोर्ड ल्याङ्गवेजले एकभन्दा धेरै शब्द लकडाउन, बुस फायर कोभिड–१९ ब्ल्याक लिभ्स म्याटर वर्क फ्रम होम, किवर्कर र फलोह लाई छनोट गरेको थियो ।
भ्याक्स शब्द सन् १७९९ मा पहिलो पटक अङ्ग्रेजीमा दर्ता भएको थियो भने यसका डेरिभेटिभ भ्याक्सिनेट र भ्याक्सिनेशन दुवै सन् १८०० मा आएको थियो । यी दुवै शब्द ल्याटिन भाषाको भाका बाट आएको हो ।