दार्चुला– नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा संघको दार्चुला र बैतडी शाखाको संयुक्त आयोजनामा सामाजिक सेवा मूलक कार्यक्रम सम्पन्न गरिएको छ । बैतडीको गोकुलेश्वरस्थित वृद्धाश्रम र गोकुलेश्वर अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरी दिवस विशेष कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमको नेतृत्व सेटिगाउँ बहुमुखी क्याम्पस बैतडीका स्ववियु सभापति तथा नेविसंघ जिल्ला कार्य समिति दार्चुलाका सचिव कृष्ण सिंह रावलले गरेका थिए कार्यक्रममा गोकुलेश्वर बहुमुखी क्याम्पसका नेविसंघ इकाइ सभापति नरेश बिष्ट, नेपाली कांग्रेसका नेता पूर्ण साउँद, साथै नेविसंघका नेता–नेत्रीहरू गोविन्द रावल, निर्मला धामी, उषा साउँद, जगदीश जोशी, जीवन जोशी, गगन रावललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
संघका नेताहरूले स्थापना दिवसको अवसरमा सामाजिक कार्यमार्फत जनसेवा गर्ने परम्परालाई निरन्तरता दिँदै युवाहरूलाई सकारात्मक क्रियाकलापमा लाग्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको जनाएका छन् ।