दार्चुला – तिहारको अवसरमा आज बाट लाली क्रिकेट मैदानमा प्रथम खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ् । लेकम गाउपालिका वडा नम्बर ३ लालि खेलकुद बिकास समितीको आयोजनामा आज देखी १९ गते सम्म हुने प्रथम खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
आज एक कार्यक्रमको बिच प्रतियोगिताको उद्धघाटन गरिएको छ् । लेकम गाउपालीका वडा नम्बर ३ लाली मा प्रथम पटक खुल्ला क्रिकेट प्रतियोगिता संचालन भएको उक्त प्रतियोगितामा नेपाली क्रिकेट टिमहरु लगायत छिमेकी राष्ट् भारत बाट समेत गरी १६ टीमको सहभागी रहेको लाली खेलकुद विकास समीती का अध्यक्ष जगत सिह ऐरीले बतानुभयो ।
प्रतियोगिताको बिजेताले नगद ४५ हजार पाचँ सय ५५ रुपया मेडल र ट्फी पाउने छन । दोश्रो हुनेले २१ हजार एक सय ११ नगद मेडल सहित ट्रफी, पाउने भएका छन ।
त्यस्तै प्रत्येक म्याचमा म्यान अफ द म्याच हुने एक जनालाई मेडल प्रदान गरीने भएको छ । खेल अवधीभरी सबै भन्दा बढी बिकेट ल्याउने एक जना र उत्क्रष्ट ब्याट्सम्यान एक जना लाई खेल समापनको दिन नेपाल क्रिकेट टिमको जस्रि र पुरस्कार को ब्यवस्था रहेको अध्यक्ष ऐरीले बतानुभयो । उक्त खेल १२ ओभरमा खेलाईने छ भने खेल अवधिभरी टेनिस बलको प्रयोग गरीने छ । नट आउट चरणका खेलहरु पश्चात् पहिलो र दोश्रो हुने बिचको बिजेताले फाईनल प्रबेश गर्ने छ् ।
लेकम गाउपालिकाको वडा नं ३ स्थित क्रष्ण मा बि लालीको विद्यालयको छेउमा रहेको खेलमैदानमशा आजदेखि सुरु भएको प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा क्रष्ण मा बि लालीको ए टीमले बी टीमलाई हराएको छ भने अकोखेलमा झलातीले खरकडालाइ हराएको आयोजक संस्थाले जनाएको छ ।