मालिकार्जुन धामको छुट्टिएको बजेट निरन्तरताका लागि पूर्वप्रधानमन्त्री प्रचण्डसँग कांग्रेस नेता धामीको आग्रह

काठमाडौं– दार्चुला जिल्लाको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने मालिकार्जुन धामको विकासमा रोकिएको बजेट पुनः निरन्तरताका लागि नेपाली कांग्रेसका नेता तथा मालिकार्जुन गाउँपालिकाका पूर्व अध्यक्ष नरेन्द्र सिंह धामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्नुभएको छ ।

शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गर्दै पूर्वअध्यक्ष धामीले मालिकार्जुन धामको भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारका लागि अघिल्ला वर्षमा विनियोजित बजेट पछिल्ला दुई वर्षदेखि रोकिएको भन्दै पुनः विनियोजनका लागि पहल गरिदिन अनुरोध गर्नुभएको हो ।

WhatsApp Image 2025-07-18 at 14.42.19_13665b77.jpg

दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा रहेको मालिकार्जुन धाम धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण तीर्थस्थल हो । सरकारले २०६५/०६६ मा मालिकार्जुन धामलाई राष्ट्रिय धाम घोषणा गरेको थियो । त्यसपछि २०७७/७८ मा देशभरका सय वटा धार्मिक पर्यटकीय गन्तव्यहरूमा समेत यस धामलाई समावेश गरिएको थियो ।

मालिकार्जुन गाउँपालिकाले २०७६/०७७ मा पर्यटन पूर्वाधार विकासको डिपीआर तयार गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको थियो, जसअनुसार केही वर्षसम्म वार्षिक बजेट विनियोजन हुँदै आएको थियो। तर, पछिल्ला दुई वर्षदेखि बजेट नआउँदा सम्पूर्ण पूर्वाधार विकासका योजना अलपत्र परेको पूर्व अध्यक्ष धामीले बतउनु भएको छ ।

WhatsApp Image 2025-07-18 at 14.42.18_7acb5f8d.jpg

धामी २०६२ सालदेखि सुदूरपश्चिमको मौलिक कला, पौराणिक परम्परा, लोपोन्मुख धर्म–संस्कृतिको संरक्षणमा सक्रिय रहँदै आउनु भएको छ । उहाँकै पहलमा मालिकार्जुन संस्कृति संरक्षण तथा सम्बद्र्धन केन्द्र ‘मड दार्चुला’ स्थापना गरिएको हो।

WhatsApp Image 2025-07-18 at 14.42.16_23661989.jpg

त्यसैअन्तर्गत ढुंगामूर्ति निर्माण, जोलजीवी मेला, गोकुलेश्वर मेला, गौरा पर्व लगायतका कार्यक्रमहरूको वृत्तचित्र निर्माण भई मिडियामार्फत प्रसारण गरिएको थियो । त्यस्तै, सगुन, फाग, ढुस्कु् देउडा, ठाडो खेलजस्ता मौलिक निधिहरूको संरक्षणमा पनि उहाँको उल्लेखनीय योगदान छ। उहाँले ‘मालिकार्जुन लोक महाकाव्य’, ‘झोेडो संग्रह’, लगायतका सांस्कृतिक कृति प्रकाशित गर्नुभएको छ । धामीले यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता दिलेन्द्र बडु, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना लगायतलाई भेटेर मालिकार्जुन धामको पर्यटकीय पूर्वाधार विकासमा सहयोगका लागि आग्रह गरिसक्नुभएको छ

WhatsApp Image 2025-07-18 at 14.42.19_13665b77.jpg

मालिकार्जुन धामको सम्पूर्ण सम्भावना उपयोग गर्न, क्षेत्रीय समावेशिता कायम राख्न र धार्मिक पर्यटन प्रवद्र्धन गर्न उच्च राजनीतिक तहबाट विशेष चासो र दीर्घकालीन पहल आवश्यक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.