प्रहरी निरीक्षक यज्ञराज भट्टलाई उत्कृष्ट प्रशंसा पत्र प्रदान

दार्चुला – नेपाल प्रहरीले कोटेश्वर प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक यज्ञराज भट्टलाई उत्कृष्ट कार्यसम्पादनको आधारमा प्रशंसा पत्र प्रदान गरेको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरले असार महिनाभरि अपराध नियन्त्रण, जनसुरक्षा तथा कानुन कार्यान्वयनमा भट्टको नेतृत्वमा प्रभागले पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उनलाई विशेष सम्मानस्वरूप प्रशंसा पत्र प्रदान गरेको हो।
प्रहरी वरिष्ठ उपरीक्षक विरु अधिकारीको हस्ताक्षरमा जारी प्रशंसा पत्रमा भनिएको छ, “नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गर्दै आम जनमानसमा प्रहरी संगठनको गरिमा र विश्वास कायम गर्न भट्टको भूमिका उल्लेखनीय रह्यो।”

प्रशंसा पत्रमा आगामी दिनमा पनि काठमाडौं जिल्लाको अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षामा भट्टको योगदान अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.