नेपाल मिडिया सोसाइटीको कोषाध्यक्षमा डा। जनकराज पन्त चयन

दार्चुला– नेपाल मिडिया सोसाइटीको २२औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको याक एन्ड यति होटलमा सम्पन्न भएको छ। सो सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै सात बुँदे ‘काठमाडौं घोषणा–२०८२’ सार्वजनिक गरिएको छ।

चार वर्षे कार्यकालका लागि गठन भएको सो कार्यसमितिको कोषाध्यक्षमा टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष डा। जनकराज पन्त चयन भएका छन्। अध्यक्षमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल चयन भएका छन्। उपाध्यक्षमा धर्मराज भूषाल हिमालय टिभी र महेश स्वार कान्तिपुर दैनिक, महासचिवमा बोधराज त्रिपाठी सौर्य दैनिक, सचिवमा नवराज कुँवर  बुटवल टुडे चयन भएका छन्।

सदस्यहरूमा डा. बालकृष्ण चापागाईं दैनिक पत्र दैनिक, निकिता पौडेल गोपीकृष्ण टिभी फिल्मी, विनोद पौडेल मिसन टुडे, सुरेन्द्रबहादुर सिंह गौरीशंकर टिभी, कृष्णज्वाला देवकोटा नयाँ पत्रिका दैनिक र राजन पोखरेल द हिमालयन टाइम्स चयन भएका छन्।

सभाबाट संस्थापक अध्यक्ष कैलाश सिरोहीया कान्तिपुर मिडिया ग्रुप र क्याप्टेन रामेश्वर थापा अन्नपूर्ण मिडिया नेटवर्क सल्लाहकार समितिमा चयन गरिएका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.