नेपाली कांग्रेस अपिहिमालको पदाधिकारी बैठक: सडक र विद्युत नियमित सञ्चालन गर्न माग

दार्चुला । नेपाली कांग्रेस अपिहिमाल गाउँपालिकाको पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकल सडक र विद्युत नियमित सञ्चालन गर्न सरोकारवालाको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको बैठकले गाउँपालिकाको वडा नम्बर ५ पारिबगर  रेला मकरिगाड सडक अवरुद्ध रहेकोले सडक सञ्चालनको लागि ध्यानाकर्षण गराएको कांग्रेस अपिहिमाल गाउँपालिका समिति सभापती सोभान सिंह लोथ्यालले जानकारी दिनुभयो ।

अपिहिमाल गाउँपालिकाको एक मात्र मुख्य आधारमार्गको रुपमा रहेको उक्त सडक गत साउन १० गतेको बर्षाको कारण पहिरो खस्दा अबरुद्ध रहेको छ । सडक अबरुद्ध हुँदा स्थानीय नागरिकलाई प्रत्यक्ष असर परेकोले सडक मर्मतको लागि गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहरालाई ध्यानाकर्षण पत्र बुझाइएको उहाँले बताउनुभयो ।

सडक अबरुद्ध हुँदा सर्वसाधारणलाई मर्का परेको, महंगी बढेको, अशक्त तथा बिरामीहरुलाई, आवतजावतमा समस्या भएकोले सो सडक मर्मत गरि यथाशीघ्र सञ्चालन गर्न माग गरिएको सभापती लोथ्यालले बताउनुभयो ।

सडक मर्मतको लागि गाउँपालिका अध्यक्षसहित संघीय सांसद दिलेन्द्र प्रसाद बडू र प्रदेश सभा सदस्य मानबहादुर धामी र बिक्रम सिंह धामीलाई आवश्यक पहल गरिदिन अनुरोध गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मको विभिन्न ठाउँमा भएको विपद्को लेखाजोखा गरि तत्काल राहात, उद्धार तथा पुन:निर्माण कार्य गर्न अपिहिमाल गाउँपालिकाको ध्यानाकषर्ण गराउने, स्थानीय नागरिकहरुलाई विपद्को समयमा स्वयंम सचेत भई काम गर्न आग्रह गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाको वडा नम्बर ३ घट्टेखोलामा गाउँपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा निर्माण भएको घट्टेखोला लघु जलविद्युत योजनाको गाउँपालिकाबाट प्राविधिक कर्मचारी खटाई स्थलगत अध्ययन गरि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न लगाई मर्मत गर्न गाउँपालिकाको ध्यानाकर्षण गराइएको सभापती लोथ्यालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.