दार्चुलाको राप्लामा पहिरोले दुई घरमा क्षती

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका  राप्लामा पहिरोले दुई घरमा क्षती भएको छ।

आइतबार हिजो राती बर्षासंगै खसेको पहिरोले वडा नम्बर २ राप्लाको गोतपानीका कालु राम कामी र मानमती कामीको घर उच्च जोखिममा परेको व्याँस गाँउपालिका उपाध्यक्ष विनोद सिंह कुँवरले बताउनुभयो ।

घर मुनीबाट पहिरो खसेपछि उक्त टोलमा रहेका दुई घर अति उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । पहिरो खसेपछि घरका भित्ताहरु चर्किएको पनि उपाध्यक्ष कुँवरले जानकारी दिनु भएको छ ।

पहिरोले विस्तापित परिवारलाई अहिले सोही वडामा रहेको मिलन केन्द्रमा स्थानान्तरण गरिएको छ। व्याँसका जनप्रतिनिधि स्थानीय र सुरक्षा निकायको सहयोगमा विस्तापित परिवारको उद्दार गरि सुरक्षीत स्थानमा सारिएको उपाध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.