दार्चुला । दार्चुला उद्योग बाणिज्य संघले राजस्व तथा कर सम्बन्धी सेवा दिने भएको छ । आन्तरिक राजश्व कार्यालय डडेल्धुराको टोली जिल्ला बोलाएर राजश्व तथा कर सम्बन्धि सेवा दिने तयारी भएको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विसन सिह बोहराले जानकारी दिनुभयो ।
डडेल्धुराको टोली यहि भाद्र ५ गतेदेखी ७ गतेसम्म दार्चुला आउने भएको छ । उद्योग बाणिज्य संघ दार्चुलाको अनुरोधमा आन्तरिक राजश्व कार्यालय डडेल्धुराबाट टुरमुकाम टोली बुधबार पर्सि ४ गते खलंगा पुग्ने उहाँले बताउनु भयो ।
आन्तरिक राजश्व कार्यालयको टोलीले व्यवसाय दर्ता गर्ने, बन्द गर्ने, नवीकरण तथा करचुक्ता लगायत करसंग सम्बन्धित विभिन्न काम गर्ने भएकोले सेवा लिन दार्चुला जिल्लाभरीका उद्योगी, व्यवसायीहरुलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
व्यवसायीले करचुक्ता वा व्यवसाय दर्ताका लागि डडेल्धुरा जानुपर्ने बाध्यताको अन्त्य गर्न उद्योग बाणिज्य संघले हरेक वर्ष टुरमुकाम टोली बोलाएर सेवा दिदै आएको छ । अहिले वर्षातको समय भएकाले पनि आवत जावत गर्न समस्या हुने देखिएपछि उद्योग बाणिज्य संघले टोली जिल्लामै बोलाएको हो ।