जिल्ला अस्पताल दार्चुलामा एक जनामा डेंगु संक्रमण पुष्टि

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

बुधबार आज जिल्ला अस्पतालमा उपचारका लागि आएका एक जना पुरुषमा डेंग संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको हो । जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टका अनुसार कोहलपुर बाके जिल्ला रामनगर बैजनाथ सुतैया घर भएका ३९ वर्षिय पुरुषमा डेंगु संक्रमण पुष्टि भएको बताएका छन ।

ज्वरो आएर चेकजाचका लागि अस्पताल पुगेका उनलाई डेंगु संक्रमण पुष्टि भएको उहाँले बताउनु भयो । गत जेठ २४ गते मात्रै दार्चुला आएका पुरुषमा डेंगु संक्रमण पुष्टि भएपछि अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

डाक्टहरुले उनको शरीरिमा सेतो रगतको कमी भएको पनि बताएका छन । विहिबार भोली पुन: रगत परीक्षण गरी डिस्र्चाज गर्ने बताइएको छ । डेंगु संक्रमण पुष्टि भएका पुरुष दुई महिना घर बसेर दार्चुला आएको पनि बताएका छन ।

दार्चुलामा उनले कपडा बेच्ने गरेका छन । जिल्ला अस्पताल दार्चुलाले चालु आर्थिक वर्षको यो पहिलो डेंगु संक्रमण भएको पनि जनाएको छ । एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गरेको डाक्टरहरुले बताएका छन ।

वर्षातको सिजनमा फुलदानी, पानीको ट्यांकी र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेले फुल पार्ने र त्यसैबाट यसको वृद्धि भएर डेंगुको प्रकोप बढ्ने बताइएको छ ।

डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता विमिराहरू आउने र वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षणहरु देखा पर्ने डाक्टरहरुको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.