नेपाली कांग्रेसको जिल्ला उपसभापतिको लागि खत्रीको घोषणा

दार्चुला – राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै मङ्सिर १ गतेदेखि शुरु हुन गइरहेको नेपाली कांग्रेस दार्चुलाको जिल्ला अधिबेशनमा उपसभापति पदका लागि युवा नेता उमेश सिंह खत्रीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

२०४५ सालमा जन्मिएका खत्री अहिले ३३ बर्ष मा प्रवेश गरेका छन। तरुण दल दार्चुलाको जिल्ला उपाध्यक्ष अध्यक्ष हुँदै, खत्री २६ बर्षकै उमेरमा १३औ महाधिवेशन प्रतिनिधि बन्न सफल भएका थिए ।

२०५८ साल देखि निरन्तर राजनीतिमा लागेका खत्रीले २०६७ देखि २०७० साल सम्म तरुण दलको जिल्ला अध्यक्ष भएर आफ्नो जिम्मेवारी सम्हालेका थिए। २०७२ सालमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका खत्रीले पटक पटक पार्टी का विभिन्न पद हरुमा बसेर युवा हरुको मन जित्न सफल भएका थिए।

पार्टी लाई कार्यकर्ता मुखी जनमुखी गतिशील र प्रबिधीयुक्त आधुनिक रुपले सुसज्जित पार्दै युवाहरुलाई कांग्रेस पार्टी प्रती आसा र भरोसा बिश्वास दिलाउदै पार्टी का सबै निकायमा युवाहरुलाई अवसर प्रदान गर्नु पर्छ भन्ने उद्देश्यले आफ्नो उम्मेदवारी घोषणा गरेको युवानेता खत्रीले बताउनु भयो।

केन्द्रीय सभापतिमा ६० पार गरिसकेका पाका नेताहरुले दाबी गरिरहेका बेला पार्टीको तल्लो निकायमा युवा पुस्ताको सक्रियता देखिन थालेको छ। युवा नेता खत्रीले पार्टी नेता कार्यकर्ताले गरेको विश्वासलाई कायम राख्दै नमूनाका रुपमा काम गर्ने प्रतिक्रिया दिनुभएको छ। दार्चुला कांग्रेस तरुण दलको जिम्मेवारी सम्हालेका खत्रीले राजनीतिबाट समाज रुपान्तरण गर्ने अभियान पूरा गर्न आफू राजनीतिमा लागेको बताउनु भयो।

केन्द्र तहसम्म लोकतान्त्रिक अभ्यासलाई तीव्रता दिन पनि युवा पुस्ताले सक्रिय राजनीतिमा आउनुपर्ने धारणा प्रबल बन्न थालेको युवानेता खत्रीको भनाई रहेको छ ।

 

Leave A Reply

Your email address will not be published.