मेरो स्कुल

लेखक :- दिपक सिंह धामी

मेरो स्कूल

मेरो स्कूल ज्ञानको उज्यालो थलो,
भविष्य गढ्ने सुन्दर घर हो बलियो।
बिहान सूर्योदयसँगै हर्ष भरिन्छ,
सपना बोकेर कक्षामा पाइलो धर्छ।

शिक्षकहरू ज्ञानका सागर हुन्,
मायाले पढाउने अमूल्य नागर हुन्।
शब्द–शब्दमा संस्कारको मिठास,
जीवनमा भर्ने उज्यालो विश्वास।

साथीहरू संगै हाँसो र रमाइलो,
खेल्दै पढ्दै बित्छ दिन मिलाइलो।
एकअर्कालाई सहयोग गर्ने बानी,
यही हो स्कूलको ठूलो निशानी।

पुस्तकालयमा छन् ज्ञानका फूल,
पढ्दा खुल्छन् हजारौँ स्कूल।
किताबका पानामा सन्देश गहिरा,
जीवनमा देखाउँछन् बाटो सहीरा।

खेलमैदानमा दौडिन्छु रमाएर,
खेलकुदमा रमाउँछु हर्षले छम्काएर।
जीत–हारले दिन्छ सहनशीलता,
खेलकुदमै पाउँछु नयाँ शक्ति र चपलता।

बिहानको प्रार्थनाले मन शुद्ध हुन्छ,
सपना बोकेर जीवन बलियो बन्छ।
अनुशासनले सिकाउँछ सजिलो बाटो,
कठिनाइमा देखाउँछ हिम्मतको छाँटो।

मेरो स्कूल माया र गौरवको थलो,
विद्या र संस्कार दिन्छ उज्यालो।
हाम्रो जीवनको यही छ आधार,
मेरो स्कूल लाग्छ स्वर्गको द्वार ।।

लेखक:- दिपक सिंह धामी जनहित माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।

Leave A Reply

Your email address will not be published.