मालिकार्जुनको तेर्छालेकमा बेवारिसे बिडी फेला

दार्चुला –  दार्चुलाको मालिकार्जुन गाउँ पालिकाको वडा न ३ तेर्छालेक स्थानबाट प्रहरीले ४ पेटी बेवारिस बिडी बरामत गरेको छ । प्रहरी चौकी मालिकार्जुन बाट खटिएको प्रहरीको टोलीले ४ पेटी बिडी बरामत गरेको हो।

प्रहरी सहायक निरक्षर दान बहादुर साउद को नेतृत्व मा खटिएको गस्ती टोलीले तेर्छालेक बजार को होम पाइप नजिक झाडीमा गस्ती जाने क्रममा बेबारिसे अवस्था मा लुकाएर राखेको बिडी फेला पारेको हो ।

प्रहरी टोलीले भन्सार छलेको करिब डेढ लाख बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बरामत भएका बिडी अहिले मालिकार्जुन प्रहरी चौकी मा राखिएको छ भने भोलि जिल्ला पठाइने प्रहरी सहायक निरक्षक दान बहादुर साउद ले बतानुभयो ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.