दार्चुलामा अटोरिक्सा दुर्घटनाः चाखुडी धामीको खोजी कार्य जारी

दार्चुला । दार्चुलामा सोमबार भएको अटोरिक्सा दुर्घटनामा परी वेपत्ता रहेकी ४७ वर्षिया चाखुडी देवि धामीको खोजीकार्य जारी रहेको छ ।

पालिकाको सौकेबगरस्थित भित्री सडकखण्डमा सोमबार दिउँसो भएको अटोरिक्सा दुर्घटनामा परि धामी बेपत्ता रहेकी छन । होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटोरिक्सा गति अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी वेपत्ता रहेकी धामीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । वेपत्ता धामीलाई खोज्न नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयहरु खटिएका छन । तर उनी फेला पार्नसकिएको छैन । दुर्घटनाबारे

जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँचबाट सशस्त्र प्रहरी नायव निरीक्षक दलजित सिहं डोबालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज वेपत्ताहरुको खोजीकार्यको लागि खटिएको छ ।

Leave A Reply

Your email address will not be published.