जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका थापाको परिवारलाई आर्थिक सहयोग

 दार्चुला। जिल्ला प्रहरी कार्यालय दार्चुलाले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका उत्तम सिह थापाको परिवारलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको लेकम गाउँपालिका वडा ३ गुमखोलीका स्थायी बासिन्दा थापाको परिवारलाई आर्थिक सहयोग गरेको हो ।

गत भदौ २४ गते राजधानीको प्रहरी बृत महाराजगञ्ज काठमाण्डौंमा जेनजीको आन्दोलनका क्रममा ३५ वर्षीय थापाले ज्यान गुमाएपछि प्रहरीले आर्थिक सहयोग गरेको जनाएकोछ ।

प्रहरी वर्दीमा सजिएका थापाले कर्तव्यपालनाको क्रममा विरगति प्राप्त गरेपछि  जिल्लाबाट आज बुधबार प्रहरी नायब उपरीक्षक प्रकाश दाहालसहितको टोली गुमखोली पुगेर प्रहरी जवान उत्तमसिंह थापाको परिवारलाई सान्त्वना सहित आर्थिक सहयोग गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले मातहतका प्रहरी कर्मचारीबाट संकलित रु एक लाख ५८ हजार ४५५ रुपैयाँ हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारीदिनुभयो ।

६० वर्षीय निर्मला देवी थापालाई आर्थिक सहयोग गरेको उहाँले बताउनु भयो । यसअघि कान्छा छोरा महेशको पनि नौ महिनाअघि लालीमै भीरबाट लडेर ज्यान गुमाएको पिडा निर्मलाले प्रहरी अधिकारीहरुलाई बताएकी थिइन । नौ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थापाले झण्डै आठ वर्षअघि बुवा हरिसिंहलाई समेत गुमाएका थिए । अहिले उत्तम थापाको परिवारमा ब्रजपात परेको छ, भने गाउँपुरै शोखमा डुबेको छ ।

Leave A Reply

Your email address will not be published.