दार्चुला -नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा निर्वाचन अधिकृत तोकेको छ । कांग्रेसमा १३ जिल्लामा अझै वडा अधिवेशन हुन बाँकी छ ।
निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ को मिति तोकेको छ । परिमार्जित कार्यतालिका अनुसार पालिका अधिवेशन कात्तिक ३० गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर २ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० गते हुनेछ ।
कांग्रेसमा २१ हिमाली जिल्लामध्ये १३ मा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । निर्वाचन समितिका अनुसार हिमाली १३ जिल्लासहित ६४ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।
कांग्रेसले पाँचौ पटक महाधिवेशन कार्यतालिका परिमार्जन गर्दै १४ औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा गर्ने गरी मिति सार्वजनिक गरेको हो । प्रदेश अधिवेशन मंसिर १६–१७ गते कार्यतालिकामा उल्लेख छ ।