दार्चुलाका आठ जना फरार कैदीबन्दी अझै आएनन् सम्पर्कमा, खोजीकार्य जारी

दार्चुला । जेनजी समूहको आन्दोलनका क्रममा दार्चुला कारागारबाट निस्किएका कैदीबन्दीमध्ये ८जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् ।

गत भदौ २४ गते साँझ जिल्ला कारागारबाट निस्किएका ७१ कैदीबन्दीमध्ये ८ जना कैदी अझै फरार छन् भने ६३ जना कैदीबन्दी फिर्ता भएका छन् । आन्दोलनका क्रममा ६ जनाले कारागार छोड्न नमानेपछि उनीहरु कारागारमै रहेको बताइएको छ ।

दार्चुला कारागार कार्यालयका जेलर सरिता चन्दका अनुसार कारागारबाट निस्किएका कैदीबन्दीमध्ये जबरजस्ती करणी ,कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग सवारी अंगभग,सवारी ज्यान मार्ने लगायतका कैदीबन्दीहरु फरार रहेको बताएका छन ।

कारागारबाट निस्किएका कैदीमध्ये ३ जना जबरजस्ती करणी मुद्दाका,१ जना कर्तव्य ज्यान मार्ने उद्योगका २ जना सवारी साधन अंगभग र सवारी ज्यान मार्ने उद्योगका रहेका छन । यस्तै विभिन्न मुद्धाका २ जना थुनुवा फरार रहेको बताइएको छ ।
जेनजी आन्दोलनले कैदीबन्दी फरार भएपछि समाजमा असुरक्षा समेत बढेको छ । जिल्लाका स्थानीयले जघन्य अपराध मुद्दाका कैदीबन्दीहरुलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिनुपर्ने बताउँदै आएका छन् ।

फरार रहेका कैन्दीबन्दी मध्ये ३ जना दार्चुलाकै रहेका छन । धादिङ, बाजुरा, संखुवासभा कैलालीका समान १÷१ जना फरार रहेको दार्चुला कारागारले जनाएको छ । यी मध्ये एकजना भारतको उत्तरप्रदेश अग्राका नागरीक पनि दार्चुला कारागारबाट फरार रहेको बताइएको छ ।

फरार रहेका कैदीबन्दीहरु अहिले सम्म कार्यालयको सम्पर्कमा नरहेको जेलर चन्दले बताए । फरार रहेका कैदीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्रबहादुर रावतले जिल्लास्थित मातहतका प्रहरी कार्यालयलाई कैदीको फोटोसहित खोजी गर्न लगाइएको बताए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!