Breaking: news आरजु राणा देउवाका आमाबाबु बस्ने घरमा समेत सीआईबीको छापा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेस नेतृ आरजु राणा देउवाका बाबुआमा बस्ने घरमा समेत छापा हानेको छ ।

आइतबार साँझ आरजुका भाइ भूषणको घरमा छापा हानेकोमा लगत्तै उनका बुवाआमा बस्ने घरमा पनि छापा हानेको सीआईबी स्रोतको भनाइ छ । दुबै घर ललितपुरको जावलाखेलमा रहेको बताइएको छ ।

खानतलासी गरेर प्रहरीले केही कागजात नियन्त्रणमा लिएको छ कि छैन भन्नेबारे खुलाएको छैन । नक्कली शरणार्थी प्रकरणदेखि अन्य डिलमा आरजुले भाइलाई मध्यस्तकर्ताको भूमिकामा राखेको सीआईबीको आशंका छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!