दार्चुला । दार्चुलामा सुरक्षा निकायहरुले फूलपाती भित्र्याएका छन् । जिल्ला स्थित नेपाली सेना, सशस्त्र प्रहरी बल,र नेपाल प्रहरीले फूलपाती भित्र्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । तीनवटै सुरक्षा निकायले जिल्ला सदरमुकामको मोहती स्थित नवदुर्गा भगवति मन्दीरबाट ल्याइएको फूलपाती पूजाघरमा भित्र्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बिक्रम शाहीले जानकारी दिए ।
फूलपाती भित्र्याएउने कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक तथा गणपति देवराज जोशी,नेपाली सेनाको श्रीदल गुल्मका गुल्मपति, नेपाल प्रहरीका प्रहरी निरीक्षक विक्रम शाही लगायतको सहभागिता रहेको थियो ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैँ तथा दुर्गापूजाको सामाजिक चहलपहल भने फूलपातीका दिनदेखि बढ्ने गर्छ ।
देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।
घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा फूलपातीका दिन कालरात्रिको विशेष पूजा गरिन्छ । आजैका दिनदेखि दशैँ बिदा पनि सुरु भएको छ ।
