नेपाली कांग्रेश दार्चुला प्रदेश सभा क्षेत्र २ (ख) को सभापतीको लागी कार्कीको उम्मेद्धारी घोषणा

दार्चुला । नेपाली कांग्रेशको आगामी अधिवेशनमा दार्चुला जिल्लाको प्रदेश सभा क्षेत्र २ (ख)को क्षेत्रीय सभापतीको लागी डम्बर सिंह कार्कीले आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

पार्टी संगठनलाई एक्रत्रित र बैचारीक विकास गर्दै पार्टीलाई थप उचाइ र जन स्तरमा पुगाउनको लागी आफुले सभापतीमा उम्मेद्धारी घोषणा गरेको कार्कीले बताउनुभयो ।

जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ मा २०४३ सालमा जन्मनुभएका युवा नेता कार्की विद्यार्थी उमेर देखि नै नेपाली कांगे्रशको राजनीतीमा सक्रिय हुनुहुन्छ । २०६८ सालमा नेपाल विद्यार्थी संघको एकाइ सभापती बन्नुभएका कार्की २०६९ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य बन्नुभएको थियो । त्यस्तै २०७२ सालमा भएको गाउँ अधिवेशन बाट क्षेत्रिय प्रतिनिधि हुँदै २०७२ कै जिल्ला अधिवेशनबाट नेपाली कांग्रेशको जिल्ला कार्य समिती सदस्य रहनुभएका कार्की २०७७ सालबाट नेपाली काग्रेश दार्चुलाको प्रदेश सभा क्षेत्र २(ख)को कोषाध्यक्ष  हुनुहुन्छ ।

जिल्लाको सातौ अधिवेशन र प्रदेश सभा क्षेत्र २(ख) को पहिलो एतिहासिक अधिवेशनमा युवा नेतृत्वलाई अगाडी बढाउनको लागी सभापतीमा आफुले उम्मेद्धारी दिएको उहाँको भनाई छ ।

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.