मेरि आमा

ललिता ठगुन्ना

जीवनको बाटोमा आँधी धेरै चल्यो है,
तर मेरी आमा कहिल्यै नझुकिनु भयो है।

मनमा लुकाइ राख्नुभयो पीडाको कथा,
आँखाभरि माया, बोल्न नपाउनु भयो है।

बाबा गए टाढा, आँसु मनमा थामेर,
सन्तानको हाँसोमा खुशी खोज्नु भयो है।

त्यो ओठमा हाँसो, त्यो मुखमा करुणा,
भगवान्को रुप तिमीमै भेटिनु भयो है।

म माया गर्छु आमा, तिम्रो त्यो धैर्यलाई,
मेरो जीवनको दीप तिमी नै बन्नु भयो है।

✍️ ललिता ठगुन्ना
बी. एड. दोस्रो वर्ष
श्री सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर बैतडी

Leave A Reply

Your email address will not be published.