दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ मा जिप दुर्घटनामा परी सवारी धनी ३४ वर्षिय करबिर सिह ठगुन्नाको ज्यान गएको छ ।
शुक्रबार(आज ) बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र ०१ ००१ ज १६६२ नम्बरको जिपदुर्घटनामा परी सवारी धनी ठगुन्नाको ज्यान गएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनलाई उद्धार गरी स्वास्थ चौकी पठाइएको थियो । तर उनको उपचारकै क्रममा ज्यान गएको बताइएको छ । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिप चालकको खोजीकार्य जारी रहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय लटिनाथबाट सई जंगबहादुर चन्दको टोली खटिएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।