दार्चुलाका महिलाहरू खर काट्नमा व्यस्त

दार्चुला । दार्चुलाका ग्रामीण भेगका महिलाहरू यतिबेला खर (गाज्यो) काट्नमा व्यस्त छन् । गाईबस्तुका लागि उनीहरू मेलामा खर काटिरहेका छन् ।

दसैं अघिबाटै खर काट्न थालेका महिलाहरूले अझै सकिसकेका छैनन् । विशेषगरी खर काट्ने कार्य महिलाहरूले मात्र गर्ने चलन भएकाले उनीहरूको व्यस्तता बढेको हो ।

बिहानै मेलामा गएका महिलाहरू साँझ रातपरेपछि मात्र घर फिर्ने गरेका छन् । यहाका महिलाहरु खर (गाज्यो) काट्न काम सकेर गहुँ छर्ने लगायत अन्य काम गर्ने गरेका छन ।

बिहानै खाना खाएर खर काट्ने महिलाहरु साझतिरमात्रै घरफर्किने गरेको बताएका छन । अहिले काटेर राखेको खर(गाज्यो) पछि चिसो मौसममा गाईबस्तुलाई खुवाउनका लागि सजिलो हुने उनीहरुले प्रतिकृया दिएका छन ।

विशेष गरी यहाँका महिलाहरु असोज र कात्तिकमा खर काट्ने गर्दछन् । ग्रामीण भेगका महिलाहरु खर काट्नैका लागि ज्यानै जोखिममा राखेर भीरपाखामा जाने गरेका छन ।  काटिसकेको खरलाई घरसम्म ल्याउन पनि बढिजसो महिलाहरु नै हुने गरेका छन । जिल्लामा खरै काट्ने क्रममा महिलाहरूले ज्यानै गुमाएका पनि छन् । कोही घाइते समेत हुने गरेका छन ।

दार्चुलाको लेकमकी कमला कार्कीका अनुसार ‘खर खास गरेर महिलाले नै काट्ने भएकाले हामीहरुको उज्यालो पनि खरफागलामै हुन्छ, रात परेपछि मात्र घर पुगिन्छ‚’ उनले भनिन् ‘अहिले खर नकाट्यो भने हिउँदमा गाईभैंसीको आहारा हुँदैन ।

त्यसैले हामीले अहिले चाडपर्व मान्नुभन्दा पनि घर काट्नुपर्ने प्राथमिकतामा हो, उनले सुनाउनु भयो । जिल्लाका अधिकांश स्थानीय तहमा अहिले धमाधम महिलाहरु यतिबेला खर (गाज्यो) काट्नमा व्यस्त रहेका छन ।

Leave A Reply

Your email address will not be published.